चौतारी वार्षिक सम्मेलन, २०२४ का लागि स्वयंसेवक आवश्यकता सम्बन्धी सूचना

मार्टिन चौतारीले यही मंसिर १२-१४, २०८१ (नोभेम्बर २७-२९, २०२४) मा आयोजना गर्न लागेको चौतारी वार्षिक सम्मेलनका लागि केही स्वयंसेवक आवश्यक परेको छ । काठमाडौँ उपत्यकामा उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरूबाट यस सम्मेलनमा स्वयंसेवा (Volunteering) का लागि आवेदन माग गर्दछौँ । इच्छुक विद्यार्थीले आफ्नो संक्षिप्त बायोडाटा सहित यही कात्तिक ३०२०८१ (नोभेम्बर १५, २०२४) भित्र तल दिएको इमेल मार्फत आवेदन दिन सक्नुहुनेछ ।  छानिएका स्वयंसेवकहरूले सम्मेलन आयोजक समितिका सदस्यहरूसँगको सहकार्यमा सम्मेलनको तयारी तथा व्यवस्थापनका कार्यमा सहयोग पुर्‍याउनु पर्नेछ । 

आवश्यक स्वयंसेवक संख्या : ६ जना
शैक्षिक योग्यता :  स्नातक वा स्नातकोत्तर अध्ययनरत

कार्य दिन र समय :
मंसिर ९-११, २०८१, बिहान १०:०० बजेदेखि साँझ ४ बजेसम्म
मंसिर १२-१४, २०८१, बिहान ८:३० बजेदेखि साँझ ५ बजेसम्म

मानविकी तथा समाज विज्ञान विषय अध्ययनरत वा यस विधामा काम गरेको पृष्ठभूमि भएका व्यक्तिहरूलाई ग्राह्यता दिइनेछ ।

यस सम्बन्धी थप जानकारी चाहिएमा तल दिइएको ठेगानामा सम्पर्क गर्न सक्नुहुनेछ ।

सम्पर्कका लागि:
मार्टिन चौतारी
२७ जीतजंग मार्ग, थापाथली, काठमाडौँ
फोन: ०१-५३३६८०५०, ४१०२०२७, ४१०२२४३
इमेल : chautari@mos.com.np