मिडिया तालिमको बहस
2021-10-08जनकराज सापकोटा
लोकतन्त्र स्थापनापछि नेपाली मिडियाको संख्यात्मक विस्तार त भएको छ तर दक्ष जनशक्तिको अभावमा नेपाली मिडिया प्रभावकारी बन्न सकेको छैन । बजारको बढ्दो मागसँगै लघुतालिम र कार्यशालाबाट उत्पादित सञ्चारकर्मीकव भरमा अधिकांश प्रकाशन र प्रसारणगृह टिकेका छन् । विश्वविद्यालयका अलावा तालिम र कार्यशालाबाटै उत्पादित सञ्चारकर्मीले लेनपाली मिडियाको ठूलो हिस्सा ओगटेका छन् । तर, के यस्ता कार्यशाला र तालिमहरु व्यावसायिक सञ्चारकर्मीहरु उत्पादन गर्नका निम्ति पर्याप्त छन् अथवा यस्ता मिडिया तालिमहरु दक्ष जनशक्तिको अभाव पूर्ति गर्न सक्षम छन् ? भन्ने विषयमा मिडिया तालिमः नेपाली अभ्यासको लेखाजोखा नामक पुस्तकले बहसको आरम्भ गर्ने प्रयास गरेको छ ।
मार्टिन चौतारील् प्रकाशन गरेको यस पुस्तकले नेपालमा विद्यमान मिडिया तालिमको इतिहास मात्रै प्रस्ट्याउने प्रयास गरेको छैन । यस्ता तालिमका शैली र प्रवृत्तिका विविध आयाममाथि पनि प्रस्ट पार्ने प्रयास गरेको छ । मिडिया तालिमको उपादेयता र यसले नेपाली मिडियामा खेलेको भूमिकाको विषयमा पनि पुस्तकले समीक्षा गर्ने प्रयास गरेको छ । भलै यस्तो प्रयास देशका पाँचै विकास क्षेत्रका सीमित पत्रकारमाझ गरिएको कुराकानीलाई आधार मानेर गरिएको किन नहोस् । मिडियामा प्रवेश गर्नका लागि विभिन्न निजी अथवा गैरसरकारी संस्थाले दिने छोटो अवधिका तालिमहरु छोटो र छरितो बाटाका रुपमा स्थापित त छन् तर यस्ता बाटाहरुले दक्ष जनशक्तिको पूर्ति गरिरहेको छ अथवा तत्क्षणको आवश्यकता मात्रै पूर्ति गरिराखेको छ भन्ने विषयमा पुस्तकमा स्पष्ट धारणा भने राखिएको छैन ।
यो अनुसन्धानले नेपालको सिंगो तस्बिर दिन्छ भन्ने हाम्रो दाबी छैन भनेर पुस्तकका लेखकहरुले आफ्नो सीमितताको विषयमा स्पष्ट पारेका छन् । मिडिया तालिम दिन संस्थाको परिचय र उनीहरुको कार्यशैलीमाथिको टिप्पणी सतही रुपमा मात्रै सीमित भएको छ । यस्ता संघसंस्थाको परिचयसहितको यस्तो विवरण पढ्दा कतै कतै 'ब्रोसर' नै पढेजस्तो अनुभूति हुन्छ । मिडिया तालिमको प्रवृत्ति र यसको उपादेयताबारे पुस्तकले बहसका धेरै पक्षहरुको ढोका खोलिदिएको छ । सात अध्यायमा बाँडिएको यस पुस्तकमा मिडिया तालिमका विविध पक्षमाथि प्रकाश पारिएको छ । तर, त्यस्तो प्रयास कतिपय सन्दर्भमा भने हलुको सावित भएको छ । पहिलो अध्यायमा तालिम दिने संस्थाको प्रकृत्तिको अध्ययन गरिएको छ । दोस्रो अध्यायमा त्यस्ता संस्थाले दिने तालिमसम्बन्धी पाठ्यक्रमको चर्चा गरिएको छ । तेस्रो अध्यायमा मिडिया तालिमप्रति प्रशिक्षार्थीहरुका टिप्पणी समेटिएको छ । चौथे अध्यायमा मिडिया तालिम दिने प्रशिक्षकको योग्यता र खुबीको विषयमा टिप्पणी गर्ने प्रयास गरिएको छ भने अन्तिम अध्यायमा मिडिया तालिमलाई उपयोगी र व्यावहारिक बनाउन कस्ता कस्ता अभ्यासको खाँचो छ र त्यसमा महासंघलगायतका संस्थाले कस्तो भूमिका निर्वाह गर्न सक्छन् भन्ने विषयमा चर्चा गरिएको छ ।
नेपाल, १६ माघ २०६७, ११(२४): ५१