मार्टिन चौतारीको ‘मधेश प्रदेशमा पैदल अनुसन्धान’को लोकार्पण

2023-04-28

एसपी रिपोर्टर

जनकपुरधाम, वैशाख १५ : मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले ग्रामिन मधेशको पिडा शहरमा हुने विज्ञताको विषय बन्न नसकिरहेकाले ओझेलमा परिरहेको बताएका छन् । मार्टिन चौतारी प्रकाशन गरेको मधेश प्रदेशमा पैदल अनुसन्धान नामक पुस्तकको लोकार्पण गर्दै सभामुखले ग्रामिन समस्याहरु खासै विज्ञहरुको छलफलको विषय बन्न नसकिरहेको परिपेक्षमा मार्टिन चौतारीले पैदल यात्रा गरि मधेशको ग्रामिण समस्या पुस्तकका माध्यमले उठान गरेकोमा प्रशंसा गरेका छन् ।

उनले हरेक व्यक्ति स्वयम आफुहरुबाटै हुने गरेको विभेदका विषयमा सर्तक रहन आवश्यक रहेको समेत बताए । मधेशको ग्रासरुटका विभिन्न समस्या र पिडाहरु राम्रा अखवारका विषय वा प्राथमिकतामा नपर्न पनि सक्ने राजनितिक सहितका धेरै कारणहरु रहेको अवस्थामा चौतारीले विज्ञ र सम्बन्धित क्षेत्रकै अगुवाहरुलाई खटाएर पैदल रुपमा गरेको अनुसन्धानले मधेशको मुल समस्या बाहिर ल्याउन मद्दत पुग्ने उनले बताए ।

पुस्तकका सम्पादक सोहन प्रसाद साहले करिव ८ सय किलोमिटर मोटरसाइकलमा यात्रा गरि पुस्तकका विषय बस्तु र रुप रेखा तयार पारिएको बताए । पुस्तकमा समेटिएका मधेशका मुख्य विषय बस्तुका लेखकहरुले आ आफनो अनुभव सुनाउदै पुस्तक पढेर प्रतिक्रिया दिन पाठक वर्गलाई आग्रह गरे । पुस्तक माथी लेखक र अतिथिहरुले आ आफना टिप्पनी राखेका थिए ।

कार्यक्रममा मधेश प्रदेश सभाकी उपसभामुख, सर्लाही बरहथवा नगरपालिकाकी मेयर कल्पना कुमारी कटवाल, ठाकुर राम बहुमुखि क्याम्पसका प्रध्यापक डा.बासुदेव लाल दास, पुस्तकका अर्का सम्पादक देवराज हुमागाई, मुख्यमन्त्री कार्यालयका सचिव नुरहरी खतिवडा सहित पुस्तकका अनुसन्धानकर्ता तथा लेखकहरुको उपस्थिती थियो ।

प्रकाशित मिति : २८ अप्रिल २०२३

स्रोत : https://spkhabar.com/special-news/21581/


About the Author

More Blogs