चौतारी पुस्तक श्रृंखला ३
लामो समयदेखि नेपालीका जनजातिहरू राज्यसत्ताको उपेक्षाका मारमा पर्दै आएका छन् । उनीहरू राजनीतिक , सामाजिक, साँस्कृतिक, भाषिक, शैक्षिक आदि क्षेत्रमा भेदभावका शिकार बनेका छन् । नेपालको बहुलवादी विशिष्ट राष्ट्रिय चरित्रअनुरूप उनीहरूले समानताको हक प्राप्त गर्न सकिरहेका छैनन् । यसैले सत्ताको यथास्थिति परिचालनले यो भेदभाव मेटाउन नसक्ने मात्र होइन, एक समुदायविशेषको स्वार्थ सुरक्षा गर्दै बहुसङ्ख्यक माथि हुने/भइरहेको थिचामिचो ढाकछोप हुने प्रसङ्ग पनि हालैका दिनहरूमा उठेका छन् । कृत्रिम बहुलवादको भ्रमबाट मुक्त भएर सामुदायिक बहुलवादलाई प्रतिस्थापन गर्नु पर्ने वैकल्पिक विचार पनि आएका छन् ।
जनजातिहरूको शिक्षा, स्वास्थ्य र रोजगारका कुराहरू आएका छन् । धर्म, संस्कृति र इतिहास कोट्याउने जमर्को पनि भएका छन् । सरकारी र गैररसरकारी नीति र विचारका प्रसङ्ग पनि झिकिएका छन् । समग्रमा बितेका वर्षहरूमा सामाजिक विकासको अभ्युदयका लागि विद्वान्, लेखक, पत्रकार, अनुसन्धानकर्ताहरूले शब्दसेतुमार्फत समग्र राष्ट्रको ध्यान जनजाति समुदायतर्फआकर्षण गर्ने पहल गरेका छन् । ती पहलहरूलाई राष्ट्रिय तथा क्षेत्रीय स्तरमा प्रकाशित पत्रपत्रिकाले छापेका छन् । तिनै पत्रपत्रिकामा छरिएर रहेका लेख, फिचर, समाचार, स्तम्भहरूको एकमुष्ट प्रस्तुतिनै हो ।
प्रत्यूष वन्तले इतिहासमा विद्यावारिधि गर्नु भएको छ । राष्ट्रियता, मिडिया र क्षेत्रीय प्राज्ञिक अध्ययनबारे उहाँले अनुसन्धान गर्नु भएको छ । हाल उहाँ मार्टिन चौतारीको संयोजक र द काठमाडौं पोष्टका स्तम्भ लेखक हुनुहुन्छ ।
कुमार यात्रु पत्रकार हुनुहुन्छ । उहाँले जनजाति र मिडिया क्षेत्रमा अनुसन्धान गर्नु भएको छ । हाल उहाँ श्रीरुपरेखा साप्ताहिकको सम्पादक हुनुहुन्छ ।
भास्कर गौतमले नेपाली किताब प्रकाशन व्यवसाय, नेपालको विकास क्षेत्रमा हुने गरेको चन्दादान र मिडियाबारे अनुसन्धान गर्नु भएको छ ।
पुस्तकमा के छ -
- जनजातिः परिभाषा र पहिचान
- नेपालका आदिवासी जनजातिबारे केही विचार
डा . ओम गुरुङ
- को हुन् त नेपालका आदिवासी जनजाति ?
श्रीबहादुर आलेमगर
- आदिवासीहरूको सांस्कृतिक पहिचानको प्रश्न
खगेन्द्र संग्रौला
- जनजाति/आदिवासीको परिभाषा र पहिचान
दीपबहादुर भलञ्जा छन्त्याल
- कुनै जाति कसैको चाहनामा बन्छ र ?
डिल्लीजंग तमु
- नेपालमा जातप्रथा, जनजाति र परिवर्तनको शुरुवात
निलमशेखर अधिकारी
- जिरेलहरू आधुनिकतासँग रमाउन चाहन्छन्
विनयशेखर गुरागाईं
- छोरा जन्मदा रुन्छन् दनुवार जाति
युमाश कटाक्ष
- वनको राजा कुसुण्डाको छैन - रस्ती बस्ती
उजिर बुढाथोकी मगर
- माझी जातिको संस्कार र उनीहरूको अवस्था
विकेम " प्रयासी"
- किसानका 'राजा' आफ्नो जाति लोप हुन लागेकोमा चिन्तित छन्
चिन्तामणि दाहाल
- राउटेहरू परिवर्तनको बाटोमा
दिनेश चौधरी
- लाप्चाहरूको अनौठो वैवाहिक संस्कार
माधव घिमिरे
- विविध जनजातिहरूमध्येका सतार जाति
रमेश थापा
- हायुहरू भन्छन्ः हाम्रा मान्छे छैनन्
नारायण वाग्ले
- प्रजाहरू अझै महाभारतका ओढारमा बस्छन्
प्रताप विष्ट
- उत्पीडित जीवन बाँचिरहेको सुरेल जाति
गोकर्ण पोखरेल
- शैक्षिक स्थिति
- नेपालका जातजाति र शैक्षिक स्थिति
डा . हर्क गुरुङ
- शिक्षा हैन, माने मोह
रेवती सापकोटा
- मातृभाषामा शिक्षाको महत्व
डा . नोवल किशोर राई
- अङ्ग्रेजी होइन, लिम्बू भाषाको दुनियाँ
देवेन्द्र भट्टराई
- पेशा
- नेपाली समाजमा लाहुरे
प्रत्यूष वन्त
- नेपालमा पर्यटन व्यवसाय र जनजाति सहभागिता
इन्द्र गुरुङ
- विस्थापित हुँदै गएको बोटे जाति र जातीय पेशा
रमेश अधिकारी
- कोशी किनारका माझीहरूको पीडा
संजीवन महर्जन
- कुमालहरूको संस्कृतिले जोगाएको काठेकोल
शिशिर शर्मा
- राष्ट्रिय निकुञ्ज र आदिवासी बीचको अन्तर्द्वन्द्व
दीपक आचार्य
- बालबालिका तथा महिला
- बालश्रम शोषणको जाँतोमा पिल्सिँदै छन्, जनजाति बालबालिकाहरू
राजकुमार दिक्पाल
- नेपालमा महिला विकासको लैङ्गकि अवधारणा र आदिवासी जनजाति महिलाको स्थान
यशोकान्ति भट्टचन
- सिंङ्सवा भोटेहरूमा साझा स्वास्नीको समस्या
नारायण वाग्ले
- थारूजातिका युवतीहरूको चाहना र वर्तमान समाज
टंक पन्त
- मधेशी आदिवासी जनजाति महिला
कल्पना चौधरी
- आदिवासी जनजातिमा सुरक्षित मातृत्वको अभाव
गजेन्द्र बुढाथोकी
- कुन जातजातिको चेलिबेटी बढी बेचिएका छन् त ?
वि.के. राना
- जनजाति महिला र आन्दोलनको बाटो
संगीनी रानामगर
- जनजाति, जाति र बाहुनवाद
- नेपालको जातीय विविधताः समस्याको जरो कि सकारात्मक श्रोत ?
डोरबहादुर विष्ट
- बाहुनवादः कल्पना वा यथार्थ ?
कमलप्रकाश मल्ल
- हिन्दूवादको षड्यन्त्रमा परेका जनजातिहरूको अवस्था
काजीमान कन्दङवा
- नेपाली संविधान र जनजाति
- नेपाल अधिराज्यको संविधान - २०४७ र जातीय भेदभाव
रत्न रानामगर
- जनजातिका सवालमा वर्तमान संविधान संशोधन गर्न गरिएको सिफारिस
नेपाल जनजाति महासंघ
- धर्म र संस्कृति
- प्राचीन किराँतहरू बौद्ध धर्मावलम्बी थिए ?
खड्गविक्रम चामिलङ
- मगर बुद्धिष्ट थिए, हिन्दु मानिए र मासिए
गोपाल गुरुङ
- दशैं बहिष्कार - ब्राहृमणवाद विरुद्धको विद्रोही अभिव्यक्ति
दुर्गाहाङ याक्खा राई
- कतै हामी आफ्ना चार्डपर्वहरूलाई अरूका भन्दै त छैनौ ?
मोदनाथ प्रश्रति
- ब्राह्मण जातिलाई पुरोहित मान्ने कि नमान्ने मगर जातिमा विवाद
कान्तिपुर समाचारदाता
- चेपाङहरू धर्मपरिवर्तनको शिकार बन्दैछन्
कान्तिपुर समाचारदाता
- तमु संस्कृतिः एक समीक्षा
जगमान क्होँगि लम तमु
- राईहरूको आस्थामाथि सरकारी डोजर
किरण सुब्बा
- धर्म निरपेक्षताको प्रश्न
डा . ओम गुरुङ
- जनजातिहरू हिन्दू होइनन्
निर्मल लामा
- भाषा
- भाषा विवाद मध्यम मार्ग नै बेस
सङ्गीता लामा
- भाषा आन्दोलन - संघर्ष कि समन्वय ?
सी.के. लाल
- विश्वमा सरकारी भाषाको परम्परा
प्रदीप थापा मगर
- संस्कृत भाषासम्बन्धी केही कुराहरू
सुरेश आले मगर
- किराँत लिपि बारे टिप्पणीहरू
किराँती जेवीराई
- आदिवासी र जनजातिको भाषाको संरक्षण र विकास
वैरागी काइला
- मिडिया र जनजाति
- प्रिन्ट मिडियामा जनजाति सहभागिता
शेखर पराजुली र भास्कर गौतम
- पत्रपत्रिकामा जनजाति विषयवस्तु
शेखर पराजुली
- रेडियो प्रसारणमा जनजातिमाथि पक्षपात
कुमार यात्रु
- आदिवासी जनजातिका पत्रपत्रिका एक सर्वेक्षण
गणेश राई
- जनजाति आन्दोलनमा तामाङ टाइम्स पत्रिका
अमृत योञ्जन
- राई जातिको पहिलो डकुमेन्ट्री साकेवा
गणेश भुजुवार
- राष्ट्रिय भाषामा निर्मित टेलिफिल्महरू कहाली लाग्दो वर्तमान र अन्धकारपूर्णा भविष्यको दोसाँधमा
- विदेशमा दुई पल्ट पुरस्कृत चलचित्र खाङ्गरी र यसका निर्देशक
हरिगोविन्द लुइँटेल
- इतिहास सच्याउन बनेको ऐतिहासिक चलचित्र सीमा-रेखा
रामबहादुर थापा मगर
- नेपाल आदिवासी/जनजाति पत्रकार संघः एक चिनारी
अनिज न्यूज डेस्क
- सरकारी नीति, विकास र जनजाति
- नवौं योजना (२०५४- २०५९) विकास कार्यक्रममा आदिवासी तथा जनजाति
- नवौं योजनामा आदिवासी र जनजातिः आदिवासी र जनजातिको दृष्टिकोणबाट एक आलोचनात्मक समीक्षा
डा . कृष्णबहादुर भट्टचन
- राष्ट्रिय जनजाति उत्थान प्रतिष्ठान स्थापना सम्बन्धी सन्तबहादुर गुरूङ्ग आयोगको प्रतिवेदनको मुख्य मुख्य बुँदा र सुझावहरू
- राष्ट्रिय जनजाति विकास समितिका कार्यक्रम र नीति
आ.व. २०५६/ ०५७ मा जनजाति विकाससम्बन्धी भएका कार्यक्रमहरूको छोटो परिचर्चा
खेमाहाङ जिमी र संगिनी रानामगर
- प्रजा जाति विकास कार्यक्रमः एक चर्चा
पोखरेल
- जनजाति र राजनीति
- आम निर्वाचन २०५६ः नेपालका राजनीतिक दलहरू र जनजाति
उदय जी.एम.
- राष्ट्रिय पार्टी बन्न नसकेको सत्तारुढदल
कुमार यात्रु
- जनजातीय समस्या सम्बन्धी राजनैतिक पार्टीको नीति
नन्द कन्दङ्वा
- आसन्न आम निर्वाचन र लिम्बुवानको बहिष्कार
वीर नेम्वाङ
- समावेशी प्रजातन्त्र र शासन व्यवस्थाका संरचनाहरू
महेन्द्र लावती
- संघात्मक सरकार र समानुपातिक प्रतिनिधित्व
गोरेबहादुर खपाङ्गी
- विकेन्द्रीकरण, स्वशासन र आत्मनिर्णयको अधिकार
- केन्द्रीकृत शासनसत्ता र स्वायत्त शासनको सवाल
परशुराम तामाङ
- नेपालमा स्वशासनको स्वरुपः एक छलफल
युद्धनारायण थारू
- जाति-जनजाति समूह केन्द्रीत विकेन्द्रीकरणः स्थानीय स्वशासनको आवश्यकता र स्वरूप
डा . कृष्णबहादुर भट्टचन
- मगराँत स्वायत्तताको माँग र मगर जातिको बाहुल्य क्षेत्र
लोकबहादुर थापामगर
- मानव अधिकार र जैविक विविधता
- संयुक्त राष्ट्र संघद्वारा प्रस्तावित आदिवासी अधिकारसम्बन्धी मस्यौदा घोषणा-पत्र र राज्यको दायित्व
सुरेश आले मगर
- नेपालमा आदिवासी-जनजाति र मानव अधिकार
गोपाल सिवाकोटी 'चिन्तन'
- नेपालका आदिवासी र जैविक विविधता
स्टेला तामाङ
- नेपालमा आदिवासी - जनजाति र मानव अधिकार
गोपाल सिवाकोटी 'चिन्तन'
- जनजाति आन्दोलनः प्रयास र प्रवृत्तिहरू
- आगामी राष्ट्रिय जनगणना र आदिवासी - जनजाति तथ्याङ्क
बालकृष्ण माबुहाङ
- नेपालमा जनजाति आन्दोलनको विकासक्रम
सिताराम तामाङ
- विगतमा जातीय मुक्तिको प्रयास
उजिर बुढाथोकी मगर
- नेपालमा जनजातीय आन्दोलन र वर्गसंघर्ष
रेशम श्रीस मगर
- आरक्षण
डा. कृष्णबहादुर भट्टचन
- आरक्षण नीति र योग्यतासम्बन्धी भ्रम
महेन्द्र लावती
- नेपालमा जातीय आन्दोलन र जनजाति महासंघको भूमिका
दिलेन्द्र सुब्बा
- जनजाति आन्दोलनमा गैससहरूको भूमिका
लक्ष्मी तामाङ
- राष्ट्रवाद र जनजाति
विलियम एफ. फिशर
- घोषणा- पत्र र दस्तावेजहरू