चौतारी पुस्तक श्रृंखला १

२०४६ पछिका वर्षरू नेपाली सञ्चार जगतका लागि अत्यन्तै उर्बर रहेका छन् । तर यसै अवधिमा जनसंख्याको हिसाबले आधाभन्दा बढी स्थान ओगटेका दलित र जनजाति समुदायलाई भने सञ्चार क्षेत्रले यथोचित स्थान दिन सकेको छेन । सीमित मात्रामा दलित र जनजातिसम्बन्धी समाचार, लेख कार्यक्रमहरू छापा, रेडियो र टेलिभिजनमार्फ प्रकाशित र प्रसारित हुने गर्दछन् । यसो किन भइरहेछ भनेर सामाजिक विकास तथा अनुसन्धान केन्द्रले २०५७ सालमा सयवटाभन्दा बढी प्रकाशन गृह र केही रेडियो स्टेसनमा दलित र जनजातिको उपस्थितिबारे र्सर्वेक्षण गर्योा । साथसाथै दलित र जनजाति सवालहरूले नेपाली मिडियामा पाएका स्थानबारे पनि अनुसन्धान गर्योा । यो पुस्तक त्यही अनुसन्धानको विश्लेषणात्मक विवरण हो ।
सञ्चार क्षेत्रमा दलित र जनजातिका प्रतिनिधित्व प्रतिशतलाई हालको न्यून स्थितिबाट उनीहरूको जनसंख्या प्रतिशतको हाराहारीमा पुर्यािउनका लागि तथा मिडियाले उनीहरूका विभिन्न सवाललाई बढी स्थान दिनका लागि भविष्यमा गर्नु पर्ने कार्यहरू पनि यस पुस्तकमा उल्लिखित छन् ।
प्रत्यूष वन्तले इतिहासमा विद्यावारिधि गर्नु भएको छ । राष्ट्रियता, मिडिया र क्षेत्रीय प्राज्ञिक अध्ययनबारे उहाँले अनुसन्धान गर्नु भएको छ । हाल उहाँ मार्टिन चौतारीको संयोजक र द काठमाडौं पोष्टका स्तम्भ लेखक हुनुहुन्छ ।
शेखर पराजुलीले तथ्यांक शास्त्रमा एमएस्सी गर्नु भएको छ । नेपाली मिडियाबारे उहाँ थप अनुसन्धान गर्दै हुनुहुन्छ ।
पुस्तकमा के छ-
- नेपाली मिडियाको वर्तमान स्थिति
प्रत्यूष वन्त
- प्रजातन्त्र, नेपाली मिडिया र जातीय प्रतिनिधित्व
सी.के. लाल
- प्रिन्ट मिडियामा दलित र जनजाति सहभागितः राष्ट्रिय र्सर्वेक्षण
शेखर पराजुली र भास्कर गौतम
- छापामा दलितका समाचारः विषयवस्तु विश्लेषण
प्रमोद भट्ट
- रेडियोमा दलित
चक्रमान विश्वकर्मा
- पत्रपत्रिकामा जनजातिः विवरणात्मक समीक्षा
शेखर पराजुली
- रेडियोमा जनजाति
कुमार यात्रु
- निष्कर्षर सुझाव
- सन्दर्भ सामग्री
- अनुसूचीहरू
- अनुसूची कः अनुसन्धान र लेखन टोली
- अनुसूची खः र्सर्वेक्षण प्रश्नावली
- अनुसूची गः विषयवस्तु अध्ययनमा परेका पत्रपत्रिकाहरू
- अनुसूची घः दलित र मिडिया - पाठयक्रम प्रारूप
- अनुसूची ङः जनजाति र मिडिया - पाठयक्रम प्रारूप